सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । यससाता सुरुका दुई दिनमै ५१ अंकले घटेको नेप्से आज झिनो अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोडले घटेर १ अर्ब १३ करोडमा सीमित भएको छ ।

मंगलबार नेप्से १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुगेको छ । यसदिन २५५ कम्पनीको १ अर्ब १३ करोड रुपैयाँ बढीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे ३ करोड र शिवम् सिमेन्ट ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सुपर मादी हाइड्रोपावर ९.३२, बिन्ध्याबासिनी हाइड्रोपावर ७.२९, खप्तड लघुवित्त ५.२७, ग्रीन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, लिबर्टी इनर्जी र बाराही हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

बैंकको चर्को ब्याजले समस्या भएको छ, निकास निकाल्नु जरुरी छ : रामचन्द्र संघईको विचार Read Previous

बैंकको चर्को ब्याजले समस्या भएको छ, निकास निकाल्नु जरुरी छ : रामचन्द्र संघईको विचार

६४ करोड बढी ठगी प्रकरणमा पृथ्वीबहादुर सहित ६ जना कारागार चलान Read Next

६४ करोड बढी ठगी प्रकरणमा पृथ्वीबहादुर सहित ६ जना कारागार चलान