३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन लघुवित्त कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । आरएमडीसी, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

तीनै लघुवित्तले साधरणसभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

आरएमडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले चैत १० गते २४औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तको सभा कालिस्कास्थानको अमृतभोग क्याटरिङमा हुनेछ ।

त्यसैगरी, समता घरेलुले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न समताले चैत ११ गते धुलिखेलको हिमालय दृष्टि रिसोर्ट साधरण सभा बोलाएको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तले गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले चैत १६ गते वार्षिक साधरण सभा बोलाएको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

चिराइतोको भाउ अलैँचीकोभन्दा महँगो, यसवर्ष १० हजार बढ्यो Read Next

चिराइतोको भाउ अलैँचीकोभन्दा महँगो, यसवर्ष १० हजार बढ्यो