कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कृषि विकास बैंकको गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य २९३.१४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने २२ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि लघुवित्तको सेयर मूल्य ६६३.९३ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क Read Previous

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन