दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधरणसभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (फागुन ३० गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले चैत १४ गते १६औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्र भक्तपुरमा हुनेछ ।

त्यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिश लाभांश घोषणा गरेको छ ।लघुवित्तको १४ औं वार्षिक साधारण सभा चैत ११ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुनेछ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

५ दिने गोदावरी महोत्सव आयोजना हुँदै Read Previous

५ दिने गोदावरी महोत्सव आयोजना हुँदै

देशभर १ हजार ७०० किमी अप्टिकल फाइबर जडान, दुई प्रदेशमा काम सुरू हुनै सकेन Read Next

देशभर १ हजार ७०० किमी अप्टिकल फाइबर जडान, दुई प्रदेशमा काम सुरू हुनै सकेन