काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा साढे ४३ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को ४३ लाख ५७ हजार १८५ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।
कम्पनीले लिलामीमा ल्याएको ३ करोड कित्ता संस्थापक सेयरमध्ये यसअघि विक्री भएको साढे ४३ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत उक्त सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।