भ्रमण वर्षमा आउने पर्यटकले खाना र बस्नमा ३० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नजिकिँदै गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न हाेटल व्यवसायीहरुले विशषे छुटको अफर ल्याएका छन् ।

 

होटेल एसोशिएसन अफ नेपाल (हान) ले आफूसँग आवद्ध होटेलहरुले भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई कोठामा ३० प्रतिशत र खानाका परिकारहरुमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

 

हानको कार्य समितिले तिहारअघि नै यस्तो निर्णय गरेको भएपनि आज मात्रै औपचारिक घोषणाा गरेको हो ।

 

हाल देशभरका २ हजार वटा होटेल हानसँग आवद्ध रहेका छन् । हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् ।

 

यो छुटको प्याकेज अंग्रेजी नयाँ वर्ष २०२०देखि लागू हुने हानले जनाएको छ ।

मर्जरलाई अन्तिम रुप दिन ग्लोबल आइएमई र जनता बैंकले बोलाए एकैदिन साधारण सभा Read Previous

मर्जरलाई अन्तिम रुप दिन ग्लोबल आइएमई र जनता बैंकले बोलाए एकैदिन साधारण सभा

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता Read Next

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता