भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काइवाक’ बन्दै

सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिए ।

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा २०० जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ ।

भेडेटारको हालको भ्यूटावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताए। काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

सेयर बजार घट्दा सरकारले गुमायो ८ अर्ब, लगानीकर्ताको १५ खर्ब स्वाहा ! Read Next

सेयर बजार घट्दा सरकारले गुमायो ८ अर्ब, लगानीकर्ताको १५ खर्ब स्वाहा !