तिहार पछि खुलेको सेयर बजारमा सूचक घटे पनि कारोबार रकमले दियो साथ

काठमाडौं । तिहारपछि खुलेको सेयर बजारमा सूचक ओरोलो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ । दशैंपछिका दिनहरुमा औसतमा दैनिक २० करोडको कारोबार हुँदै आएमा आज २५ करोडभन्दा बढीको कारोबार भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ३.१७ अंकले घटेर ११४६.१७ विन्दुमा आइपुगेको छ । आज १५५ कम्पनीको २५ करोड ४३ लाख १२ हजार ४६२ रुपैयाँको कारोबार भएको छ । १० लाख ६० हजार १९६ कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका ११ वटा समूहमा चार वटा समूहको सूचक उकालो लागेका छन् भने बाँकीसबै समूहको सूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक सूचक सबैभन्दा धेरै १३.९६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभ्न्दा धेरै ३९.९८ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा प्राइम बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ३ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा मेगा बैंक र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । मेगाको २ करोड २२ लाख र प्रभुको १ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७५ प्रतिशतले बढेको छ भने नबिल इक्विटी फन्डको सेयर मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले घटेको छ ।

मुग्लिन–पोखरा सडक चार लेनको बनाउन एडीबीले साढे १९ करोड ऋण दिने Read Previous

मुग्लिन–पोखरा सडक चार लेनको बनाउन एडीबीले साढे १९ करोड ऋण दिने

मर्जरलाई अन्तिम रुप दिन ग्लोबल आइएमई र जनता बैंकले बोलाए एकैदिन साधारण सभा Read Next

मर्जरलाई अन्तिम रुप दिन ग्लोबल आइएमई र जनता बैंकले बोलाए एकैदिन साधारण सभा