नेप्सेमा प्राइम लाइफ र बुटवल पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १३ प्रतिशत बोनस बापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, बुटवल पावरले गत आव २०७८/७९ को नाफाबाट वितरण गरेको ५ प्रतिशत अर्थात् १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

'मास प्रिन्टर' खरिदका लागि दोस्रो पटक पनि परेन आवेदन, फेरि टेन्डर गरिँदै Read Previous

'मास प्रिन्टर' खरिदका लागि दोस्रो पटक पनि परेन आवेदन, फेरि टेन्डर गरिँदै

कृषि उत्पादनमा सुदूरपश्चिमको फड्को, उन्नत बीउ र यन्त्रको प्रयोग बढ्दै Read Next

कृषि उत्पादनमा सुदूरपश्चिमको फड्को, उन्नत बीउ र यन्त्रको प्रयोग बढ्दै