साविकको सिभिल बैंकको सेयर नेप्सेमा सूचीकृत, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । हिमालयन बैंकसँग गाभिएको साविकको सिभिल बैंकको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

एक आपसमा गाभिएर फागनु १२ गतेदेखि एकीकृत कारोबार गरेसँगै साविकको सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत भएको हो ।

नेप्सेमा साविकको सिभिलको १ः०.८२८ सेयर अनुपातमा कायम भएको ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता सेयर हिमालयन बैंकको सूचीकृत भएको हो ।

यससँगै अब साविकका सिभिलका सेयरधनीले अब हिमालयन बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् ।

मर्जरपछि बनेको नयाँ हिमालयन बैंकको चुक्ता पूँजी साढे २१ अर्ब पुगेको छ भने कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो। शाखा सञ्जाल १८९ वटा पुगेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरू Read Previous

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरू

मालढुङ्गा-कोरला सडक अन्तिम चरणमा, १०० किमी कालोपत्र गर्न ठेक्का Read Next

मालढुङ्गा-कोरला सडक अन्तिम चरणमा, १०० किमी कालोपत्र गर्न ठेक्का