आशा लघुवित्तसहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ । आशा लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधरणसभा तथा लाभांश प्रयोजनका लागि आशा र साल्ट ट्रेडिङले भोलि फागुन २६ गते र सांग्रिलाले फागुन २८ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

आशा लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, साल्ट ट्रेडिङले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिश लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट ८.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत गरी कुल ८.९८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

माइ खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Previous

माइ खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

चकलेट भनेर अमेरिकाबाट पार्सलमा ७ किलो गाँजा आएपछि... Read Next

चकलेट भनेर अमेरिकाबाट पार्सलमा ७ किलो गाँजा आएपछि...