नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साताको सोमबारदेखि लगातार ओरालो लागेर ९० अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने उत्साजनक छैन । आज करिब सवा अर्बको सेयर किनबेच भएको छ ।

मंगलबार नेप्से १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको १ अर्ब २० करोड रुपैयाँ बढीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको ९ करोड र छिमेक लघुवित्तको साढे ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शुभमपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, इमर्जिङ नेपाल ५.८०, स्वाभिमान लघुवित्त ५.४२, विशाल बजार ४.२७, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोापावर, वीन नेपाल लघुवित्त र समृद्धि फाइनान्सको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध Read Previous

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध

कालीगण्डकी करिडाेरकाे सुरुङमार्ग  डिजाइन अन्तिम चरणमा, ईपीसी मोडलमा बन्ने Read Next

कालीगण्डकी करिडाेरकाे सुरुङमार्ग डिजाइन अन्तिम चरणमा, ईपीसी मोडलमा बन्ने