छिमेक लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि छिमेकले फागुन २४ गते बुकक्लोज तोकेको छ । भोलि २३ गते सार्वजनिक बिदा परेकाले आजसम्म कायम रहने सेयरधनीले मात्र लघुवित्तको लाभांश पाउने छन् ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २२ बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव लैजाने भएको छ ।

लघुवित्तको २१ औं वार्षिक साधरण सभा चैत १० गते मकवानपुरको हेटौंडास्थित होटल सामनामा हुनेछ।

सहकारी बन्द हुँदा बचतकर्ताले १ महिनादेखि पैसा झिक्नै पाएनन् Read Previous

सहकारी बन्द हुँदा बचतकर्ताले १ महिनादेखि पैसा झिक्नै पाएनन्

७ वर्षमा पनि उखु किसानलाई सरकारले दिएन पैसा, फागुनभित्र नदिए फेरि धर्ना बस्ने Read Next

७ वर्षमा पनि उखु किसानलाई सरकारले दिएन पैसा, फागुनभित्र नदिए फेरि धर्ना बस्ने