एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै तेब्बर

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको फागुन २१ गते बसेको बैठकले सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा झन्डै तेब्बर बढी हो । सो आवमा लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बीपीडब्ल्यू लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

बीपीडब्ल्यू लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

बेनी-जोमसोम सडकको रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने Read Next

बेनी-जोमसोम सडकको रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने