काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा दुई वाणिज्य बैंकको गत वर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा एक आपसमा गाभिएका प्रभु बैंक र साविकको सेन्चुरी कमर्शियल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा प्रभु बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस बापतको लाख ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, साविकको सेन्चुरी कमर्शियल बैंकको ४.५० प्रतिशत अर्थात् ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत दुवै बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।