रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सले लगातार पाँचौ दिन सोही लय कायम राखेको हो ।

गत साता झन्डै ६० अंकले घटेको नेप्से आज एकैदिन ३० अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज सवा अर्बको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ५ करोड र एशियन लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, आदर्श लघुवित्त ७.५४, खप्तड लघुवित्त ७.४२, उन्नति सहकार्य लघुवित्त ६.९६, ग्लोबल आइएमई लघुवित्तको सेयर ६.१७ प्रतिशतले घटेको छ ।

दक्षिण कोरियामा सिधा उडान गर्दै नेपाल एयरलाइन्स, प्रक्रिया अघि बढाइयो Read Previous

दक्षिण कोरियामा सिधा उडान गर्दै नेपाल एयरलाइन्स, प्रक्रिया अघि बढाइयो

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको नयाँ स्काई भोड्का बजारमा Read Next

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको नयाँ स्काई भोड्का बजारमा