काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा आज एकैदिन ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार साविकको सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक, आइसीएफसी फाइनान्स, आँधिखोला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको गत वर्षकाे नाफाबाट वितरण गरेकाे बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा प्रभु बैंककाे गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस बापतको लाख ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, साविकको सेन्चुरी कमर्शियल बैंकको ४.५० प्रतिशत अर्थात् ४५ लाख ३८ हजार १०६.८७ कित्ता, फर्स्ट माइक्रोफाइनान्सको १९ अर्थात् १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, आधिँखोला लघुवित्तको ३० प्रतिशत बापतको ३ लाख ५७ हजार कित्ता र आइसीएफसी फाइनान्सको ५ प्रतिशत अर्थात् ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत पाँचै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।