काठमाडौं । हालै आइपीओ जारी गरेका शुभम पावर र सुपर मादी हाइड्रोपावरको प्राथमिक साधरण सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।
बिहीबार दुवै कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेका हुन् ।
शुभम पावरले प्रतिकित्ता १०० रुपैयाँ दरको २० लाख कित्ता सेयर सूचीकृत गरेको हो । त्यसैगरी, सुपरमादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै दुवै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।
शुभमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ८८.४८ रुपैयाँदेखि २६५.४४ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । त्यस्तै, सुपरमादीको कारोबारका लागि ९९.८० रुपैयाँदेखि २९९.४० रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।
नेप्सेले शुभमको सेयर कारोबारका लागि SPL र सुपर मादीका लागि SMHL संकेत चिह्न प्रदान गरेको छ ।