फागुन २५ देखि आइपीओ निष्काशन गर्दै मोदी इनर्जी

काठमाडौं । मोदी इनर्जी लिमिटेडले यही फागुन २५ गतेदेखि प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कशन गर्ने भएको हो ।

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बीबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चन्द्रागिरि, जिपलाइनले बढायो आकर्षण Read Previous

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चन्द्रागिरि, जिपलाइनले बढायो आकर्षण

तत्काल खरिद प्रक्रिया अघि नबढाए धानका लागि रासायनिक मल अभाव हुने Read Next

तत्काल खरिद प्रक्रिया अघि नबढाए धानका लागि रासायनिक मल अभाव हुने