लक्ष्मी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधरण सभा तथा लभांश प्रयोजनका लागि भोलि (फागुन १७ गते) गते बुकक्लोज तोकेको छ। सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

लक्ष्मीले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

फागुन २५ देखि आइपीओ बिक्री गर्दै माइ खोला हाइड्रोपावर Read Previous

फागुन २५ देखि आइपीओ बिक्री गर्दै माइ खोला हाइड्रोपावर

समपूरक र विशेष अनुदानका लागि साढे ४ हजार आयोजना प्रस्ताव, डेढ खर्ब लागत Read Next

समपूरक र विशेष अनुदानका लागि साढे ४ हजार आयोजना प्रस्ताव, डेढ खर्ब लागत