काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा आज एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सोल्टी होटल र मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
प्रिमियरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १४.२५ प्रतिशत बोनस बापतको लाख १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस बापतको ११ लाख ५७ हजार ६९६ कित्ता, सोल्टी होटलको ५ प्रतिशत अर्थात् ४२ लाख १३ हजार ५३३ कित्ता र मेरो माइक्रोफाइनान्सको १० प्रतिशत अर्थात् १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत चारै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।