बलेफी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको संचाल समितिको फागुन १२ गते बसेको १:०.५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाको ऋण तिर्न गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीको हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढ्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।

कम्पनीले हाल ३६ मेगावाटको माथिल्लो बलेफी ए जलविद्युत् आयोजना संचालन गरिरहेको छ ।

अलैँची बेचेर २० करोड आम्दानी Read Previous

अलैँची बेचेर २० करोड आम्दानी

पर्यटकले गर्ने औसत खर्चको तथ्यांक संकलन गर्दै पर्यटन बोर्ड Read Next

पर्यटकले गर्ने औसत खर्चको तथ्यांक संकलन गर्दै पर्यटन बोर्ड