मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीलेको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधरणका लागि फागुन ४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर डबल बी रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

मेन्छियाम हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

मेन्छियाम हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसिया जाने Read Next

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसिया जाने