काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सवा लाख बढी कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमार्फत विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थपक सेयरधनी सुमनराज प्याकुरेलको नाममा रहेको १ लख ३४ हजार ७९४ कित्ता सेयर विक्री गर्ने भएको हो।
उक्त संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीको साथै इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर नकिनेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि खुला गरिएको हो ।
बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम भाउ प्रतिकित्ता १६० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।