पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडक फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न यो सडकखण्ड दैनिक ८ घण्टा बन्द गर्न लागिएको हो ।

यो सडक दिनमा ४ घण्टा र रातमा ४ घण्टा गरी ८ घण्टा बन्द हुने भएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने भएको छ ।

सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको संख्यामा सवारी साधन आवतजावत गर्छन् ।

दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान Read Previous

दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान

प्राधिकरणले थपेन थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ को म्याद Read Next

प्राधिकरणले थपेन थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ को म्याद