साविकको बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक (साविकको बैंक अफ काठमाण्डू–बीओके)को ११ करोड बढी कित्ता सेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई बैंकसँग गाभिएर गत पुस २५ गतेदेखि एकीकृत कारोबार गरेको बीओकेको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता सेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएको हो ।

बीओकेको सो सेयर अब ग्लोबल आइएमई बैंकको नामबाट कारोबार हुनेछ । ग्लोबलसँग बीओके १:१ सेयर अनुपातमा गाभिएको हो ।

साथै, मर्जर प्रयोजनका लागि रोकिएको ग्लोबल आइएमई बैंकको सेयर कारोबार पनि फुकुवा भएको छ ।नेप्सेले बैंकको कारोबारका लागि २०९.४२ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यसकै आधारमा मंगलबार बैंकको सेयर कारोबार खुल्ने छ ।

 

चीनले मुख्य सडक नबनाएपछि सरकारले कलंकी-बसुन्धारा खण्डमा सहायक सडक बनाउँदै Read Previous

चीनले मुख्य सडक नबनाएपछि सरकारले कलंकी-बसुन्धारा खण्डमा सहायक सडक बनाउँदै

कागजमा सडक बनाएर भ्रष्टाचार ! Read Next

कागजमा सडक बनाएर भ्रष्टाचार !