काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ९ लाख ७० हजार रुपैयाँ बराबरको ९ हजार ७०० कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हाे।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता जोखिमपूर्ण रहेको संकेत गर्दछ ।