काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले चैत १० गते २१ औं वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा मकवानपुरको हेटौंडास्थित होटल सामनामा हुनेछ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २२ बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव लैजाने भएको छ ।
प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुन २५ देखि चैत ९ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।