नेप्समा १ करोड १० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार हिमालयन बैंक र राधी विद्युत् कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

हिमालयनले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस बापतको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, राधी विद्युत्को ४.७५ बोनस सेयर अर्थात् ७ लाख ५९ हजार ९९०.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको दुई नँँया एक्स्टेन्सन काउण्टर पोखरामा Read Previous

लक्ष्मी बैंकको दुई नँँया एक्स्टेन्सन काउण्टर पोखरामा

दुई लेनको बन्दै डुम्रे-बेँसीसहर सडक, ५० प्रतिशत काम सकियो Read Next

दुई लेनको बन्दै डुम्रे-बेँसीसहर सडक, ५० प्रतिशत काम सकियो