नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको नेप्से लगातार तेस्रो दिन दोहोरो अंकले घटेको छ । पछिल्ला ३ कारोबार दिनमै नेप्से ९० अंकले घटेको छ ।

बुधबार नेप्से १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको १ अर्ब ७३ करोड रुपैयाँ बढीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।

आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे ५ करोड र एनआइसी एशिया बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज बाराही हाइड्रोपावरका सेयरधनीले गरीमा विकास बैंकका डिबेन्चरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, विजय लघुवित्त ४.७६, महुलि लघुवित्त ४.४८, पञ्चकन्या माइ हाइड्रोपावर, जानकी फाइनानस, नेपाल इन्स्योरेन्स, आइजीआइ इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपालगञ्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू Read Previous

नेपालगञ्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

मीरगञ्ज पुल संचालनमा, भारतसँगकाे ११६ किमीको दुरी ४ किमीमा छोट्टियो Read Next

मीरगञ्ज पुल संचालनमा, भारतसँगकाे ११६ किमीको दुरी ४ किमीमा छोट्टियो