गाँजाको अर्थतन्त्रः नेपाली कृषि, ग्रामीण अर्थतन्त्र र संसद

काठमाडौं । विश्वका कतिपय मुलुकहरुले गाँजाको खुला बिक्री वितरण शुरु गरिसकेका छन् । क्यानडा, अमेरिका जस्ता देशहरुमा सहजै गाँजा उपलब्ध हुने अवस्था आइसकेको छ । र, त्यसलाई कानुनले पनि सहजिकरण गरिदिएको छ ।

 

तर, अचम्म चाहीँ के भएको छ भने केही दशक अघिसम्म नेपालमा खुल्ला बिक्री वितरण हुँदै आएको गाँजा भने तिनै पश्चिमा देशहरुको दबाबले बन्द भएको जानकारहरु बताउँछन् ।

 

गाँजा नेपालमा प्रतिबन्ध हुनुको ठूलो कारण भनेको बहुराष्ट्रिय कम्पनीहरु नेपालमा चुरोट कम्पनी खोल्न र बिक्री वितरण गर्न चाहन्थे । गाँजा प्रतिबन्ध गराएपछि उनीहरुले सुरुमा लत बसाउन नेपालमा चुरोट निःशुल्क बाँडेका थिए ।

 

‘३०–४० को दशक तिर नेपालमा गाँजाको खुल्ला विक्री वितरण हुन्थ्यो । हिप्पी संस्कारको विकास पनि त्यतिबेलै भएको थियो । नेपालमा गाँजा सेवन गर्न युरोप र अमेरिकाबाट मानिसहरु आउँथे । पछि उनीहरुले आफ्ना नागरिक बिग्रिने भए भनेर गाँजालाई प्रतिबन्ध गर्न नेपाललाई दबाब दिएको बुझिन्छ’ अधिवक्ता सुजन पन्तले भन्छन् ।

यसैगरी, कम्युनिष्ट नेता एवं चिन्तक विश्वभक्त दुलाल ‘आहुती’ भन्छन्, ‘गाँजा नेपालमा प्रतिबन्ध हुनुको ठूलो कारण भनेको बहुराष्ट्रिय कम्पनीहरु नेपालमा चुरोट कम्पनी खोल्न र बिक्री वितरण गर्न चाहन्थे । गाँजा प्रतिबन्ध गराएपछि उनीहरुले सुरुमा लत बसाउन नेपालमा चुरोट निःशुल्क बाँडेका थिए ।’

 

पछिल्लो समय विश्वका धेरै देशहरुले गाँजाको बिक्री वितरण खुल्ला गरेका छन् । गाँजाको उत्पादन र बिक्री वितरण गर्न उरुग्वेले सुरुवात गरेको हो । अहिले भने क्यानडा, अमेरिका, इजरायल, बेल्जियम, कोलम्बिया, स्पेन, पेरु तथा अर्जेन्टिनालगायतका देशले गाँजाको व्यापारलाई खुल्ला गरिसकेका छन् ।

 

संसारभर गाँजाको गैरकानुनी कारोबार खर्बाैं हुने गरेको छ । सन् २०१५ को एक अध्ययनले क्यानडामा ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको गैर कानुनी रुपमा गाँजाको कारोबार भएको देखाएको छ ।

 

सफ्ट ड्रिङ्क उत्पादन गर्ने विश्वविख्यात कम्पनी कोकाकोलाले गाँजाको स्वादमा पेय पदार्थ उत्पादन गर्ने घोषणले पनि गाँजाको व्यावसयिक भविष्यको क्षितिज उर्घाछ ।गाँजाको व्यवसायीक उपादयता भएका कारण नेपालमा पनि गाँजा खुल्ला रुपमा उत्पादन र बिक्री वितरण गर्न पाउनुपर्ने आवाज उठ्न थालेको छ ।

 

नेपालमा पनि गैरकानुनी रुपमा वार्षिक ४–५ अर्ब रुपैयाँ भन्दा बढिको कारोबार भएको कतिपय तथ्यले देखाउँछ । नेपालमा गाँजालाई ग्रामिण अर्थतन्त्रसँग जोडिएको वस्तुको रुपमा पनि हेर्ने गरिन्छ ।

सफ्ट ड्रिङ्क उत्पादन गर्ने विश्वविख्यात कम्पनी कोकाकोलाले गाँजाको स्वादमा पेय पदार्थ उत्पादन गर्ने घोषणले पनि गाँजाको व्यावसयिक भविष्यको क्षितिज उर्घाछ । गाँजाको व्यवसायीक उपादयता भएका कारण नेपालमा पनि गाँजा खुल्ला रुपमा उत्पादन र बिक्री वितरण गर्न पाउनुपर्ने आवाज उठ्न थालेको छ । ३०–४० को दशकमा नेपालमा गाँजा खुल्ला थियो ।

 

साथै, यो वस्तुले नेपालको सँस्कृतीक र सामाजिक क्षेत्रमा पनि राम्रै हिस्सा ओगटेको छ । गाँउघरमा यसको प्रयोग गेडाबाट अचार बनाउन, रेसाबाट कपडा र तेल बनाउन प्रयोग भएको पाइन्छ । त्यति मात्रै होइन गाँजालाई औषधीको रुपमा प्रयोग गर्ने चलन त प्राचिनकाल देखि कै हो ।

 

नेपालमा गाँजा प्रयोग कर्ताहरुको संख्या उल्लेख्य मात्रामा छन् । तर, नेपालमा गाँजा प्रतिवन्ध छ । लागू औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा बिक्री वितरण र प्रयोग गर्न बन्देज लगाएको छ ।

 

मकवानपुरबाट निर्वाचित नेकपाका सांसद विरोध खतिवडाले संसदमा गाँजालाई खुल्ला गर्नुपर्ने माग गरेका थिए ।
छिमेकी मुलुक भारतमा पनि गाँजा प्रतिबन्धित छ । तर, पनि औद्योगिक उत्पादनको लागि भने लाइसेन्स लिएर उत्पादन गर्न पाउने व्यवस्था गरेको छ ।

 

नेपालमा पनि गाँजा खुल्ला गर्नुपर्ने वकालत गर्ने सासंद विरोध खतिवडा भन्छन्, ‘गाँजालाई थुप्रै देशले खुल्ला गरेका छन् । नेपालले पनि खुल्ला गर्नुपर्छ । अब आउने संसदको अधिवेशनमा गाँजालाई खुल्ला गर्नुपर्ने प्रस्ताव संसदमा पेश गर्छु ।’

 

नेपालको गाँजालाई संसारको उत्कृष्ट गुणस्तरीय गाँजाको रुपमा लिने गरेको छ । नेदरल्याण्डको एम्सटरड्याम सहरमा नेपालको गाँजा महङ्गोमा बिक्री भइरहेको त्यहाँ बस्ने एक नेपाली निरञ्जन खड्का बताउँछन् । नेपालको डाँडाकाँडा जताततै सहजै उम्रने प्रजाती हो गाँजा । त्यसैले पनि गाँजा खेति गर्न सहज हुने कतिपय विज्ञ बताउँछन् ।

 

गाँजाले रक्सीले जस्तो उत्तेजना पैदा नगर्ने र लागू औषध जस्तो स्वस्थ्यलाई अत्यन्तै प्रतिकूल पार्ने अवस्था पनि नभएको चिकित्सकहरु नै बताउँछन् ।

 

अधिवक्ता सुजन पन्त पनि गाँजालाई खुल्ला गर्नुपर्ने तर्क राख्छन् । ‘यदि नेपालमा गाँजालाई खुल्ला गर्ने हो भने नेपालको राम्रो आयआर्जनको स्रोत बन्न सक्नेछ’, उनी भन्छन् ‘यसबाट राम्रो आम्दानी हुने उनको तर्क छ । नेपालमा पहिला गाँजाको खुल्ला बिक्री वितरण हुने गर्दथ्यो । ग्रामीण अर्थतन्त्रको एउटा गतिलो स्रोत बनेको थियो । प्रतिबन्ध लगाउदा यसको प्रत्यक्ष असर गरिब जनजीवनमा पर्न थाल्यो ।’

 


गाँजाको प्रतिबन्धले सासंदहरुले सबैभन्दा बढि दुख पाइरहेको बताउँछन् सासंद खतिवडा । ‘गाँउघरमा गरिबले दुईचार बोट गाँजा लगाएका हुन्छन, कानुन पनि थाहा हुँदैन । पछि प्रहरीले पक्राउ गर्दा सांसदलाई निकालिदिनु पर्याे भनेर सिफारिसको लागि भन्छन्, नगरौं, आफ्नो क्षेत्रको जनता काम गरिदिएन भन्छन्, गरौँ समस्या छ’, खतिवडाले चाणक्य पोष्ट भने ।

 

नेपालमा औषधी र मनोरञ्जन दुवैको बजार कति जति छ त्यसको हिसाब गरेर गाँजा खेतिको सुरुवात गर्दा लाभ देख्ने धेरै मानिसहरु छन् । सांसद खतिवडा पनि अहिले जति सम्भव हुन्छ त्यति नै उत्पादन गरौँ भन्नेमा छन् । र, उनको यो प्रस्तावमा ठूला नेता लगायत कसैले पनि विमति नजनाएको उनको भनाई छ ।

 

गाँजाले रक्सीले जस्तो उत्तेजना पैदा नगर्ने र लागू औषध जस्तो स्वस्थ्यलाई अत्यन्तै प्रतिकूल पार्ने अवस्था पनि नभएको चिकित्सकहरु नै बताउँछन् ।

 

सासंद खतिवडाका अनुसार गाँजा प्रतिबन्ध भइरहँदा विभिन्न बाहानामा प्रहरी प्रशासन, राजनितिकर्मी र प्रशासनको पैसा कमाउने बाटो भइरहेको छ र जनतालाई अनावश्यक दुःख मात्र भएको छ ।

सरकारद्धारा धानको खरीद मूल्य निर्धारण, प्रतिक्विन्टल कति Read Previous

सरकारद्धारा धानको खरीद मूल्य निर्धारण, प्रतिक्विन्टल कति

मेलम्चीको पानी वितरणका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा Read Next

मेलम्चीको पानी वितरणका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा