ग्वार्को फ्लाइओभरको फिल्डमा काम सुरू, यसरी मिलाइएको छ गाडी आउने/जाने व्यवस्था

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण सुरू गरिएको छ । निर्माणको ठेक्का पाएको एमरएस आशिष-समानान्तर जेभीले आइतबारदेखि फिल्डमा काम सुरू गरेको हो ।

आज फ्लाइओभर बनाइने ग्वार्कोचोकको मुख्य सडकको कालोपत्र उप्काइएको छ । अब तीव्र गतिमा निर्माण कार्य अघि बढ्ने कम्पनीले जनाएको छ ।

पुसदेखि निर्माण सुरु हुने भनिए निर्माण सामग्री जुटाउन नसक्दा केही ढिलाइ भएको थियो । अहिले फ्लाइओभर निर्माणका लागि आवश्यक सबै सामग्रीहरु जुटाएपछि फिल्डमा काम थालिएको निर्माण जनाएको छ ।कम्पनीले निर्माण सामग्री सडकमा थुपार्दा जाम हुने भएपछि अन्य स्थानमै राखेको छ ।

फिल्डमा काम सुरु भएसँगै सवारी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी लेन तोकेको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।

कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६०० मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्टट्रयाकबाट संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

आशिष(समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ ।

फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । सम्झौता अनुसार कम्पनीले ४ महिनामा डिजाइन् र २० महिनामा निर्माण गरी २ वर्षमा काम सम्पन्न गरिसक्नुपर्ने छ । उक्त फ्लाइओभर ४५५ मिटर लामो हुनेछ ।

सबै नेपाली दूतावासमा  ‘श्रमिक हेल्प डेस्क’ राखिने Read Previous

सबै नेपाली दूतावासमा  ‘श्रमिक हेल्प डेस्क’ राखिने

भारतमा भेटियो ५९ लाख टन लिथियम भण्डार Read Next

भारतमा भेटियो ५९ लाख टन लिथियम भण्डार