फागुन भित्रै मोटरसाइकलको कर तिरे ५ वर्षको जरिवाना छुट पाइने

काठमाडौं । आगामी फागुन मसान्तभित्र मोटरसाइकल नवीकरण तथा सवारीधनी कर तिरे ५ वर्षको जरिवाना छुट पाइने भएको छ ।

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले बिहीबार सूचना जारी गर्दै आर्थिक वर्ष २०७०/७१ देखि यताको कर तिर्न बाँकी भएका मोटरसाइकलधनीले सवारी कर र नवीकरण शुल्क फागुन भित्रै तिरे जरिवाना छुट दिने जानकारी गराएको हो ।

आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिवाना छुट हुने कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्न, अझै ५०० मिटर चट्टान फुटाउन बाँकी Read Previous

मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्न, अझै ५०० मिटर चट्टान फुटाउन बाँकी

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली, उत्पादन र वितरण  सहज हुँदै Read Next

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली, उत्पादन र वितरण  सहज हुँदै