बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तले तोक्यो बुकक्लोज

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको बम्परलाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले फागुण १४ गते १४ औं वार्षिक साधरण सभा बोलाएको हो । सभा कम्पनीको बाँकेको बैजनाथ-१,गाभर भ्याली सामुदायिक होमेस्टेमा हुने छ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ६१.७५ बोनस सेयर र कर प्रयोजनका लागि ३.२५ प्रतिशत गरी कुल ६५ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव लैजाने भएको छ ।

प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुण ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुण ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर Read Previous

मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

नेपालबाट वार्षिक झन्डै ४ करोडको चिया निर्यात, १५० बढी प्रशोधन उद्योग संचालन Read Next

नेपालबाट वार्षिक झन्डै ४ करोडको चिया निर्यात, १५० बढी प्रशोधन उद्योग संचालन