बेस्ट फाइनान्सको ६.१५ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

काठमाडौं । बेस्ट फाइनान्स कम्पनीले फागुन १ गतेदेखि ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमा नबिकेको बाँकी सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

लिलामीमा आउने सेयरमध्ये ५ लाख ५६ हजार ६७४.५७ कित्ता संस्थापक र ५८ हजार ४२९.९० कित्ता सेयर साधरण सेयर रहेको छ ।

फाइनान्सको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । साधरण सेयरतर्फ न्यूनतम १०० कित्ता र प्रमोटरतर्फ १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको लिलामी सेयरमा फागुन १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

फाइनान्सको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगंज, इटहरी, नारायघाट, घोराही , वीरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् । साथै, प्रभु बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि आवेदन दिन सक्नेछन् ।

तरकारी ढुवानी गर्न अब कृषि एम्बुलेन्स Read Previous

तरकारी ढुवानी गर्न अब कृषि एम्बुलेन्स

मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर Read Next

मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर