शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शुभम पावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ८१ लाख ८२ हजार २०० रुपैयाँ बराबरको ४ लाख ८१ हजार ८२२ कित्ता आइपीओ भर्ने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा वासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित ९९० किलोवाटको पिलुवा खोला साना जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन सुरु गरिसकेको छ।

सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ।

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कसले भर्न पाउँछन् ? Read Previous

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कसले भर्न पाउँछन् ?

नेपाल लाइफ इन्स्योरेन्सको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

नेपाल लाइफ इन्स्योरेन्सको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?