काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ३४ लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत ५८ वटा लघुवित्तमध्ये हाल (शुक्रबार)सम्म ३४ वटाले लाभांश घोषणा गरेका हुन् । अझै २ दर्जन लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।
लघुवित्त कम्पनीले औषतमा २५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । अधिकांश लघुवित्तहरुले बोनस सेयर वितरणलाई जोड दिएका छन् ।
लाभांश घोषणा गरेका ३४ लघुवित्तमध्ये सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाले गरेको छ । जाल्पाले गत आवको मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सबैभन्दा कम लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त रहेको छ । गुराँसले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यी हुन् ३० प्रतिशत माथि लाभांश दिने लघुवित्त
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका ३४ मध्ये ७ वटा लघुवित्तले ३० प्रतिशत माथि लाभांश घोषणा गरेको छन् । जाल्पासहित उपकार, महिला, नेशनल, फरवार्ड, आँधिखाेला र सीवाइसी नेपालले ३० प्रतिशत माथि लाभांश घोषणा गरेका छन् ।
यीमध्ये फरवार्ड, सीवाइसी, आँधिखोला लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरिसकेका छन् । बाँकी ४ लघुवित्तले लाभांश प्रयोजनका लागि अझै बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै सेयर किन्दा ४ लघुवित्तको लाभांश पाइन्छ ।