काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले फागुण १२ गते २४ औं वार्षिक साधरण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यलय, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १९ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव लैजाने भएको छ ।
प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुण २ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुण १ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।