काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार १४ अंकले घटेको नेप्से आज ४१ अंकले घटेको हो । दुई दिनमै नेप्से ५५ अंकले घटेको छ ।
सोमबार नेप्से ४१.१६ अंकले घटेर २१२७.३७ विन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको ३ अर्ब ३० करोड रुपैयाँ बढीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । फाइनान्स र होटल समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर १० करोड र पिपुल्स हाइड्रोपावरको ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज युनाइटेड इदीमर्दी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.१४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, श्वेतगंगा हाइड्रोपावर ६.७१, सगरमाथा इन्स्योरेन्स ६.४४, सयपत्री हाइड्रोपावर, नारायणी विकास बैंक, वरुण हाइड्रोपावर, विजय लघुवित्त लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ५ प्रतिशले घटेको छ ।