शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (माघ १७ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

शिखरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले माघ २५ गते एकैसाथ १७ औँ र १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेरुडे लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले माघ २८ वार्षिक साधारण सभा बोलाएको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

पर्यटकको आकर्षण बन्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’ Read Next

पर्यटकको आकर्षण बन्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’