नेप्सेमा दोहोरो अंकको गिरावट, यी ६ कम्पनी मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभरमा २८ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

आइतबार नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा आइपुगेको छ । यसदिन २६७ कम्पनीको ३ अर्ब १ करोड रुपैयाँ बढीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल र जीवन बीमा बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.०८ प्रतिशतले घटेको छ ।

आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन ऊर्जा ९ करोड र एनआइसी एशिया बैंक ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सयपत्री हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही Read Previous

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

‘नम्बर १’ बन्न ४ बैंक बीच टक्कर, २० मुख्य सूचकमा कुन अगाडि ? (तथ्यांकसहित) Read Next

‘नम्बर १’ बन्न ४ बैंक बीच टक्कर, २० मुख्य सूचकमा कुन अगाडि ? (तथ्यांकसहित)