मधेस प्रदेशमा १ लाख ४६ सवारी साधन कारबाहीमा, झन्डै ११ करोड जरिवाना

काठमाडौं । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा १ लाख ४६ हजार १८० वटा सवारी साधानमाथि कारबाही गरेको हो ।

सवारी साधानमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार ५०० राजस्व सङ्कलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सीसीटीभी र राडर स्पीड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार/जीप दुई हजार ६६४ वटा सवारी साधान कारबाहीमा परेका छन् ।

साथै यात्रुबाहक बस, मिनिबस र सुमो ८२१ वटा, मोटरसाइकल ३४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर ३२५ वटा गरी ४ हजार १ ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ ।

यस अवधिमा प्रदेशका जिल्लामा भएका २ हजार ८७६ सवारी दुर्घटनामा ३०९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।

ठेक्का अलपत्र पार्ने ७ कम्पनीसँग सम्झौता तोडिँदै, मागियो स्पष्टीकरण Read Previous

ठेक्का अलपत्र पार्ने ७ कम्पनीसँग सम्झौता तोडिँदै, मागियो स्पष्टीकरण

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’को ७५% काम पूरा, नजिकै बन्दैछ ‘स्मार्ट सिटी’ Read Next

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’को ७५% काम पूरा, नजिकै बन्दैछ ‘स्मार्ट सिटी’