मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)भर्ने म्याद फेरि थप भएको छ ।

कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएकोमा आवेदन दिने म्याद माघ १५ गतेसम्म थप भएको हो । यसअघि माघ १० गतेसम्म म्याद थपिए पनि माग अनुसार आवेदन नपरेपछि पुनः एकपटक म्याद थप गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर विक्रीमा ल्याएको छ । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले कुमारी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा Read Previous

फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा

शुभम पावरले माघ १८ गतेदेखि आइपीओ विक्री गर्ने Read Next

शुभम पावरले माघ १८ गतेदेखि आइपीओ विक्री गर्ने