नेप्सेमा दोहोरो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार गिरावट आएको छ । गत साता २९ अंकले बढेको नेप्से यस साता पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औसतमा साढे ४ अर्बको कारोबरा हुँदै आएकोमा आज पौने ४ अर्बमा सीमित भएको छ ।

सोमबार नेप्से १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आइपुगेको छ । यसदिन २५७ कम्पनीको ३ अर्ब ८६ करोड रुपैयाँ बढीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । बैंकिङ समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.४२ प्रतिशतले घटेको छ ।

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया १२ करोड र रिडी पावर १० करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनी सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सानिमा जीआइसी इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र समृद्धि फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस् : पर्यटनमन्त्री Read Previous

एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस् : पर्यटनमन्त्री

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो Read Next

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो