नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ ९ गते बसेको बैठकले सेयरधनीलाई ३८.५ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको हो ।

नेशनल समिट लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले उक्त बोनस सेयर कर छुट पाउने भएकाले कम्पनीले नगद भने छुट्याएको छैन ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

करोडौं लगानीमा बनेको काँगेलडाँडा विमानस्थल ७ वर्षदेखि प्रयोगमै आएन Read Previous

करोडौं लगानीमा बनेको काँगेलडाँडा विमानस्थल ७ वर्षदेखि प्रयोगमै आएन

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त Read Next

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त