५ पटक बढी नियम उलंघन गर्ने ८६ जनाको लाइसेन्स खारेज गर्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक, १ जना २६ पटक, १ जना २४ पटक, १ जना २३ पटक, २ जना १८ पटक, १ जना १७ पटक, २ जना १६ पटक, २ जना १५ पटक, २ जना १३ पटक, ३ जना १४ पटक, ४ जना १२ पटक, ७ जना १० पटक, ८ जना ११ पटक, ९ जना ९ पटक, ११ जना ८ पटक, १३ जना ६ पटक र १८ जना ७ पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए ।

यसरी ५ पटक भन्दा बढी कार्वाहीमा परेका ८६ जना सवारी चालकका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभाग मिनभवन पठाएको हो ।

ट्राफिक नियम उल्लघंन गरी रहने चालकहरुबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागी ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले अनुरोध गरेको छ ।

हजारौं कर्मचारीलाई कामबाट हटाउँदै माइक्रोसफ्ट Read Previous

हजारौं कर्मचारीलाई कामबाट हटाउँदै माइक्रोसफ्ट

सियामद्धारा आयोजित 'अटो ट्रेड डाइलग'मा नाडाको सहभागिता Read Next

सियामद्धारा आयोजित 'अटो ट्रेड डाइलग'मा नाडाको सहभागिता