माघ १३ देखि आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता सेयर विक्री खुला गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्ने सेयरमा लगानीकर्ताले छिटोमा माघ १७ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक, तिनका शाखा कार्यालय र ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २० हजार कित्ता र कर्मचारीका लागि ४८ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन क्षमता औसतमा जोखिम रहेको जनाउँदछ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।

नारायणगढ-मुग्लिन सडक थप एक महिना बन्द गरिने Read Previous

नारायणगढ-मुग्लिन सडक थप एक महिना बन्द गरिने

नारायणीमा 'क्रुजसिप' सरर..., कति लाग्छ शुल्क ? Read Next

नारायणीमा 'क्रुजसिप' सरर..., कति लाग्छ शुल्क ?