कारबाहीमा परेका ३ कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कारबाहीमा परेका ३ कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मंगलबार महिला लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार फुकुवा गरेको हो ।

यसअघि नेप्सेले यी तीनै कम्पनीलाई ३ दिने स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको थियो । यी कम्पनीले सेयर कारोबार भइरहेकै बेला गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा पठाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

तीनै कम्पनीले अब आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै नेप्सेमा स्पष्टीकरण पेश गरेसँगै भोलिदेखि सेयर कारोबार गर्न पाउने गरी फुकुवा गरेको हो । यससँगै बुधबारदेखि तीनै कम्पनीको सेयर कारोबारमा आउने छ ।

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय Read Previous

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय

विमान दुर्घटनाको अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा Read Next

विमान दुर्घटनाको अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा