काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस २९ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।