आज नबिल बैंकसहित १२ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ?

काठमाडौं । आज (पुस २९ गते) नबिल बैंकसहित १२ कम्पनीको लाभांश पारित हुँदै छ । आज बस्ने १२ कम्पनीको वार्षिक साधरण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्ने भएका हुन् ।

आज बस्ने २ वाणिज्य बैंक, २ निर्जवन बीमा कम्पनी, २ हाइड्रोपावर, ३ फाइनान्स कम्पनी, एक विकास बैंक, एक लघुवित्त र एक उत्पादनमूलक कम्पनीको साधरण सभाले लाभांश पारित गर्दै छन् ।

वाणिज्य बैंकतर्फ आज नबिल र नेपाल बैंकले लाभांश पारित गर्दैछन् । नेपाल बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत (२% बोनस र १०% नगद) र नबिल बैंकको ३० प्रतिशत (१८.५% बोनस र ११.५% नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी निजीवन बीमातर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज लाभांश पारित गर्दैछन् । सिद्धार्थ इन्स्योरेन्सले ९.४७ प्रतिशत (९% बोनस र ०.४७% नगद र प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत (१४.२५%  बोनस र ०.७५% नगद) लाभांश प्रस्ताव पारित गर्दैछन् ।

त्यसैगरी, आइसीएफसी, सेन्ट्रल र श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि आजै साधरण सभा बस्दैछ । आइसीएफसीले १० प्रतिशत (५% बोनस र ५% नगद), सेन्ट्रल फाइनान्सले ५ प्रतिशत नगद र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ७.६० प्रतिशत (२.४०%  बोनस र ५.२०% नगद) लाभांश प्रस्ताव पारित गर्दैछन् ।

हाइड्रोपावरतर्फ नेपाल हाइड्रो डेभलोपर्स र कालिका पावरको साधरण सभा आजै बस्दैछ । नेपाल हाइड्रो डेभलोपर्सले ५.२६ प्रतिशत (५% बोनस र ०.२६% नगद) र कालिका पावरले १५.७८ प्रतिशत (१५% बोनस र ०.७८% नगद) लाभांश पारित गर्दैछन् ।

त्यसैगरी, आज महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत (४% बोनस र ६.४७% नगद), शिवम् सिमेन्टले १०.५३ प्रतिशत नगद र आरएसडीसी लघुवित्तले ११ प्रतिशत (८% बोनस र ३% नगद) लाभांश पारित गर्दैछन् ।

 

टेलिकमको बम्पर लाभांश पारित, सेयरधनीको खातामा कहिले आउँछ ? Read Previous

टेलिकमको बम्पर लाभांश पारित, सेयरधनीको खातामा कहिले आउँछ ?

उपत्यकाका १५ सडक रुग्ण, असारसम्म सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता Read Next

उपत्यकाका १५ सडक रुग्ण, असारसम्म सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता